Shares
Shares
काठमाडौँ । गृहमन्त्री रबि लामिछानेले लामो समय देखि औषधी ब्यवसायीहरुको विरोधका बाबजुद सहासिक निर्णय गर्न थालेपछि यतिबेला लागु औषध दुर्व्यसन नियन्त्रणमा ऐतिहासिक सफलाता मिलेको छ ।
लागु औषध अपराध नियन्त्रणमा गत बर्ष बैशाख देखि हाल सम्म नेपाल प्रहरीलाई अभुतपर्व सफलता मिलेको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका अनुसार २०८० जेष्ठ १ गते देखि हालसम्म आफ्नो सक्रियतामा लागु औषध कारोवारमा सम्लग्नभएका १२ सय ४० जनालाई प्रक्राउ गर्न सफल भएको छ । भने ८७१ मुद्दा दर्ता गरी कारवाही भएको पाईएको छ । यसैगरि यस अवधिमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरु लागु औषधमा बिभिन्न ट्यावलेट, क्याम्पसुल र बोतल बरामद गरेको छ । जुन तथ्यांक बिगत बर्षको भन्दा धेरै बढी रहेको छ ।
बिशेषगरि लागु औषध नियन्त्रण ब्यूरोले निरन्तर सूचना संकलन एबं लामो समयको निग्रानी पश्चात नेपालमा एलसिडीको अबैध कारोबार गर्ने गिरोहका नाइके ईटालियन नागरिकसहित ५ जनालाई काठमाण्डौ ठमेलबाट पक्राउ गर्न सफल भएको थियो । जुन नेपालमा पहिलो पटक सबभन्दा ढुलो परिणाममा बरामद गर्न सफल भएको हो । बिभिन्न मितिमा दक्षिण अमेरिकाको ब्राजिल तथा अफ्रिकी देशहरु एथियोपिया, कंगोबाट कोकीन क्याप्सुलस बनाई पेटमा निली लुकाई छिपाई ल्याएको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट निग्रानी गर्ने क्रममा भारतीय महिला एक जना, ब्राजिलियन दम्पत्ती दुई जना, युगान्डान महिला दुई जना कंगोलिज महिला एक जना गरी जम्मा ६ जना बिदेशी नागरिक सहित ८.३ केजी कोकीन बरामद गरी कारवाही गर्न सफल भएको ।
नेपाली बजारमा औषधिजन्य अत्याधिक दुरुपयोग भई समाजमा दुर्व्यसनीको संख्या बढीरहेको सम्दर्भमा काठमाण्डौ, भक्तपुर र ललितपुर स्थित बिभिन्न औषधी पसलहरुमा औषधी ब्यवस्था बिभागसंग समन्वय गरी योजनाबद्ध रुपमा स्टिंग अपेरशन सञ्चालन गरी अबैध रुपमा बिक्रि बितरण तथा दुरुपयोग भैरहेका लागयत दुरुपयोग भएका औषधी फेला पारी कारवाही गरिएको छ, जसका कारण गल्ली गल्लीमा खुलेका औषधी पसलहरु सतर्क भई गतिबिधीहरु नियन्त्रणमा आएको छ । यस्ता औषधिको दुरुपयोग नियन्त्रण भएको छ, जुन ब्यापक रुपमा सामाजिक सञ्जाल मार्फत समेत सकारात्मक पृष्ठपोषण आएको छ । नेपाल सरकार मन्त्री परिषद निर्णयबाट लागु औषध अन्तर्गत मनोद्दिपक पदार्थको सूचीमा राखी अनुसुचीमा संशोधन भएकोले यस्ता औषधीहरुको दुरुपयोग भएमा प्रहरीले पक्राउ गरी अनुसन्धान कारवाही गर्ने अधिकार प्राप्त भएको छ । लामो समय देखि औषधी ब्यवसायीहरुको विरोधका बाबजुद उप–प्रधना तथा गृह मन्त्रीबाट सहासिक निर्णय गर्न सफल हुनु भएकाले लागु औषध दुर्व्यसन नियन्त्रणमा ऐतिहासिक सफलाता मिलेको छ । यसैगरि लागु औषध प्रयोग गरी बिभिन्न प्रकारका केक, मफिन परिकारहरु बनाई इलष्लिभ मार्फत कलेजका युवा युवती हरुलाई पठाई कारोबार गरेको अवस्थामा गोप्य कारवाही मार्फत केक बनाउन तयारी अवस्थामा रहेको गांजा, चरेस लागायत मेसिन र सामानहरु सहित तीन जनालाई पक्राउ गरी कारवाही गरिएकाले हाल यस्ता गतिबिधी नियन्त्रणमा आएको छ ।
लागु औषध अपराध नियन्त्रण सम्बन्धमा नेपाल प्रहरीले पक्राउ तथा मुद्दा दर्ता संख्या हरेक बर्ष बढ्दो क्रममा रहेको तर समाजमा दुर्ब्यसनको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिएको सन्दर्भमा नेपाल प्रहरीको एकल प्रयासबाट मात्र उक्त समश्याको समाधन हुन नसक्ने तथ्यलाई मध्यनजर गरी अबैध लागु औषध नियन्त्रण सम्बन्धि आपुर्ति नियन्त्रण, माग घटाउका साथ साथै लागु औषध प्रयोगकर्ताहरुको उपचार तथा पुनर्स्थापना लगायत क्षेत्रमा समन्वयात्मक ढंगले प्रभावकारी काम गर्न आवश्यक ठानी नेपाल प्रहरीको “लागु औषध नियन्त्रण रोकथाम कार्य योजना २०८०” तयार गरी कार्यान्वयन गरिएको छ । यस योजनाको कार्यान्वयनको क्रममा तीन महिने योजनाहरु समेत सञ्चालन गरिएको छ ।
सो कार्य योजना नेपल प्रहरीका सबै प्रहरी इकाईहरुमा कार्यान्वयनमा लगिएको हुंदा यसको उपलब्धी उल्लेखनीय सुधार भएको महशुस गरिएको छ । लागु औषध अपराध नियन्त्रण सम्बन्धमा प्रदेस प्रहरी, जिल्ला प्रहरी तथा जिल्ला मातहतका अन्य प्रहरी ईकाईहरुसंग समेत समन्वय र सहयोग गरी कारयोजना कार्यन्वयनमा प्रभावकारिता ल्याएको छ । बिद्यालयहरुमा , सिमा नाकाहरुमा आवत जावत गर्ने लक्षित ब्यक्तिहरुको आकस्मिक चोकजांच, कारागार भित्र निग्रानी, लागु औषध मुद्दामा कैद भुक्तानी गरी छुटेकाहरुको निग्रानी, युबा क्लब आमा समुह परिचालन लगायत बिभिन्न खाले समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरी लागु औषध बिरुद्ध सचेतना फैलाउने कार्य भएको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209