कमल सरगम-काठमाण्डौ :केहि समय एता सामाजिक संजालमा अत्याधिक भाइरल आगोले जलेकी धना परियारलाइ ठुलो राहत मिल्ने भएको छ।भन्छननि 'त आट म पुर्याउछु"हो त्यस्तै भयो धनलाई पनि।६ महिना जति मिडियाबाट टाढा भएकी धनालाई लोकप्रिय सर्जक तथा गायक बसन्त थापाले आफ्नो एल्बममा गाउने अवसर दिने भएको छन।धना संग बिशेष छलफल गरि आफ्नो एल्बममा उनलाई स्थान दिने जानकारी लालीगुराँस डटकमलाइ दिएका छन।केहि समय अगाडी धनाको लागि केहि गीतहरु रेकर्ड गर्न लालीगुराँस डटकमले सघाउदै आएको छ।
धना परियार भाइरल हुदै गर्दा लोकप्रिय गायक बसन्त थापाको गीत सालको पात निकै गाईन।उनको त्यो आवाजनै सामाजिक संजालमा धेरै खोजिएको आवाज थियो।उनको त्यो भाइरल आवाज खोज्दै जादा उनि एकाएक युटुबमा देखिन थालिन जसको कारण आज सर्बत्र चर्चामा छिन।
धना एक सुमधुर आवाज भएकी गायिका हुन् तर उनको आवाज सहि सृजनामा पर्न नपाउदा आवाजको पहिचान हुन सकेको छैन।यसै क्रममा बसन्त थापाले रिक्स लिदै धनालाई आफ्नो एल्बममा आवाज भर्न दिने बताएका छन।बसन्त भन्छन'धनाको एउटा भिडियो अन्तर्वार्ता हेरे,उनको रुप देखेर भुत आयो भन्दै भागेको कुराले निकै मन छोयो अनि आवाज सुने झनै मन छोयो त्यस पछि उनको आवाज आम दर्शक बीच पुर्याउन पर्छ भन्ने लागेर उनको लागि आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हु।"धनाको आवाजको प्रशंसा गरिरहेका थापाले अझ थप्दै भने 'मनको सुन्दरताले हेर्न सके धना भुत हैनन् उनि सुन्दर छिन म आफ्नो तर्फबाट हरबखत सघाउछु'।
थापाले सृजना गरेको धेरै गीतहरु हिट छन।पछिल्लो समय लगातार ४/५ ओटा गीत करोडको क्लबमा प्रबेस हुदै उनि माथी पनि विभन्न आरोप लाग्ने गर्छ।उनि नया कलाकारलाई स्थाननै दिदैनन भन्ने आरोप लाग्दै गर्दा धनालाई आफ्नो एल्बमको लागि लिएको समाचारले दरिलो झापड लागेको छ। थापाले उक्त गीतबाट आएको रोयल्टी धनलाई दिने समेत लालीगुराँसलाइ जानकारी दिनु भयो ।धना एक गरिब परिवारमा जन्मिएकी र सानै उमेरमा आगोले जलेर अचेत अबस्थामा पुगेकी एक प्रतिभा हुन।उनको लागि यो ठुलो अवसर बनेर आएको छ।टिमलाइ अग्रिम बधाई छ।