Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

भोलि माघेसंक्रान्ति , यस्ता छन् तिलको लड्डु र खिचडी खानुको फाइदा

भोलि माघेसंक्रान्ति , यस्ता छन् तिलको लड्डु र खिचडी खानुको फाइदा

मकर संक्रान्ति अर्थात माघे संक्रान्ति आउनु अब आजको दिन मात्र बाँकी छ । यसदिन घिउ, चाक्कु,तिलको लड्डु,गुड,तरुल खाने प्रचलन छ । नेपालका विभिन्न स्थानमा यस दिन खिचडी पनि पकाएर खाने गरिन्छ । यसदिन भगवान्लाई चढाएर खाइने यि वस्तु वैज्ञानिक हिसाबले पनि मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छन् ।

तिलको लड्डुका खानुको फाइदा

उच्च रक्तचाप नियन्त्रणमा तिल मद्दतगार मानिन्छ । विभिन्न अनुशन्धानहरुले तिलमा पाइने तेलले उच्च रक्तचाप नियन्त्रण गर्ने पुष्टि गरेका छन् । साथै मुटुको लागि पनि तिल निकै फाइदाजनक मानिन्छ ।

तिलमा भएको म्याग्निसियमले मधुमेह रोगबाट टाढा राख्छ । तिलमा हुने फाइबरले पाचनक्रियालाई सन्तुलित राख्छ । साथै कब्जियत जस्ता समस्या निर्मूल पार्छ । खनिज तत्वले भरिपूर्ण तिल र गुड सेवनले शरीर उर्जावान बनिरहन्छ ।

यसकारण जाडो मौसममा पर्ने मकर संक्रान्तिमा यी चिजहरु सेवन गरिन्छ । तिलमा कपर, म्यानेशियम, ट्राइयोफान, आइरन, क्याल्सियम, फस्फोरस, जिंक, भिटामिन बी १ र फाइबर प्रचुरमात्रामा पाइन्छ ।

चौथाइ कप तिलमा २०६ क्यालोरी शक्ति हुन्छ । तिलमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । जसले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्छ ।

खिचडीको परम्परागत महत्व

जनविश्वास अनुसार खिचडीको उत्पती पहिलो पटक भगवान शिवको अवतार मानिने बाबा गोरखनाथले गरेको मानिन्छ । जब खिलजीहरुले नाथ योगीमाथि आक्रमण गरे त्यस समय खाना बनाउने समय भएन । यस्तो अवस्थामा सहयोगको याचना गर्दै नाथ योगीहरु बबा गोरखनाथकोमा गए । बाबा गोरखनाथले दाल, चामल र तरकारीजन्य पदार्थ एकै ठाउँमा राखेर पकाउन सल्लाह दिए । यसरी बनेको खाना स्वादिष्ट र शरीरका लागि पोषणयुक्त पनि हुने भएपछि नाथ योगीहरुले बाबा गोरखनाथको सल्लाह माने । सोही समयदेखि खिचडीको सुरुवात भएको मानिन्छ । अहिले पनि यही कारण भारतको उत्तर प्रदेशमा रहेको बाबा गोरखनाथको मन्दिरमा मकर संक्रान्तिको खिचडीको मेला लाग्छ ।

खिचडीका फाइदा

माघे संक्रान्तिका दिन खिचडी खानु परम्परा मात्रै नभई वैज्ञानिक हिसाबले पनि राम्रो मानिन्छ । सामान्यतया माघको महिनामा शितलहर चलिरहेको हुन्छ । शितलहरले शरीरमा क्षति पुर्याइरहेको क्षतिलाई तुरुन्त पुर्ति गर्न खिचडी महत्वपूर्ण मानिन्छ । किनकी यसमा चामलका साथै दाल, अदुवा, कयौं प्रकारका तरकारीको प्रयोग गरिएको हुन्छ । जसले शरीरमा तुरुन्त उर्जा दिन्छ ।