Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सबैलाई रूहाउने गायक पुस्कल शर्माको गीत सतीप्रथा युटुबको ट्रेनिङको अग्र स्थान ओगट्दै,हेरे यति दर्शकले

सबैलाई रूहाउने गायक पुस्कल शर्माको गीत सतीप्रथा युटुबको ट्रेनिङको अग्र स्थान ओगट्दै,हेरे यति दर्शकले

काठ्माडौ । लोकप्रिय गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले एतीबेला बजारमा हाङ्गमा मच्चाएको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको ५ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको उक्त गीतमा उनलाई बिष्णु माझीले साथ दिएकी छन् ।मार्मीक अनि मनछुने “सति प्रथा” बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।

गीत सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएको र मनपारएका छन् । यति धेरै माया गरिदिएकोमा उनले दर्शकलाई भगवान भनि धन्यबाद समेत दिएका छन् । उसोत पुश्कल शर्माका हरेक गीत एकदमै मार्मीक र मनछुने गर्दछन् । यसमा पनि त्यस्तै शब्द अभिनय रहेको छ । गीत हेर्दा र सुन्दा पक्कै पनि मान्छे भवुक नै हुन्छ ।

गीतको लय अनी शब्द सृृजना गायक शर्मा आफैले गरेका हुन। आफैले निर्देशन गरेको गीतको भिडियोमा मोडल सारिका के.सी र पुश्कल शर्माको निकै उत्कृष्ट अभिनय रहेको छ ।

निकै कारुणिक कथाबस्तु समेटिएको उक्त गीतको भिडियो पनी निकै मार्मिक कथा बस्तु समेटेर तयार पारिएको छ । छायांकन शुरेस श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन्। यो समाचार तयार पार्दा सम्म गीत यूटूबको ५ नम्बर ट्रेण्डिङमा पर्न सफल भयको छ।