Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

हाँस्य टेलि श्रींखला "कुरा मात्र भो ”३६औँ “भागमा प्रवेश ( हेर्नुहोस् भिडियो )

हाँस्य टेलि श्रींखला "कुरा मात्र भो ”३६औँ “भागमा प्रवेश ( हेर्नुहोस् भिडियो )

काठमाडौं | हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको "कुरा मात्र भो "हाँस्य टेलि श्रींखला यस पटक गायन प्रतियोगितलाई प्रथमिकता दिएको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस एपिसोडमा गायन प्रतियोगितामा आयोजकले १ लाख लिएर फरार भएको कथा समेटिएको छ ।

एनटिभी प्लसबाट प्रसारण भइरहेको हाँस्य टेलिचलचित्र कुरा मात्र भो”३६औँ “भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ ।

यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले भने,सिरियल परिमार्जन गर्दै विकृति विसंगतीलाई चोटिलो प्रहार गरेका कारण सिरियल दर्शकको मनमा बस्न थालेको हो । यहि सिरियललाई निरन्तरता दिने समेत बताए ।

सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई ,भोला अधिकारी, धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आलेमगर, लिजा रानामगर, मेनुका गुरूङ,रश्मि भट्ट लगायतको अभिनय रहेको छ । सिरियलमा समिर राईको छायाँकन छ भने संगीत तथा गायन मिनप्रकाश ओलीको छ । मनिष कार्कीको सम्पादन रहेको सिरियलमा भोला अधिकारी र धड्कन लिम्बुको सह निर्देशन छ । बाकीँ भिडियोमा हेर्नुस :