Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका ज्योति मगर र समीक्षा अधिकारी बिच जुहारी, समीक्षा लाई पाखेको संज्ञा दिँदै लेखिन यस्तो...

गायिका ज्योति मगर र समीक्षा अधिकारी बिच जुहारी, समीक्षा लाई पाखेको संज्ञा दिँदै लेखिन यस्तो...

काठमाडौँ । गायिका ज्योति मगर र समीक्षा अधिकारी बिचमा यतिबेला सामाजिक सञ्जालमा जुहारी चलेको छ । आज केही समय अघि समीक्षा अधिकारीले श्री एयरलाइन्स माथि आक्रोश व्यक्त गदैँ स्टाटस लेखेकी थिइन उनले श्री ले गर्दा कार्यक्रम छुटेको समेत बताएकी छिन । सोही कुरालाई ज्योतिले कटाक्ष गदैँस्टाटस लेखेकी छिन,उनले भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै गर्दा आफुलाई हाँसो उठ्ने बताएकी छन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन म अचेल प्रत्यक दिन २ ओटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु टु पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर ४ ओटा फ्लाइट सम्म गरे... मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो... किन कि प्रकृति भन्दा माथी हामी कोइ छैन...

भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ बरै...नेपाल को एर्पोर्ट एर्लाइन्स हरु को बारे मा बुझ पाखे हरु कुनै पनि एर्लाइन्स हरु ले जानी जानी दुख दिदैनन एर्पोर्ट सानो छ अन्तरास्ट्रिय उडान देखि डोमेस्टिक उडान एउटै रनवय मा हुन्छ विभिन्न टेक्निकल कुरा हरु हुन्छन जहाज हरु उड्न उडाउन पार्किङ गर्न सबै कुरा को अनुमती दिने निश्चित निकाय हरु हुन्छन... एउटा प्यासेन्जर ले सिट बेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्ट मा पुगेको जहाज सम्म फर्काउनु पर्ने सास्ती एर्लाइन्स वाला ले भोग्नु पर्छ...साझा बस चढेर ड्राइभर लाई बस स्टाफ लाई मन लागि गाली गर्या जस्तो होइन...फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो...प्रीय कलाकार हरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जाहाज को ओरिपरी फोटो खिच्न पाइदैन पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला... कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु... नोटः र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ...भन्दै उनले लेखेकी छन ।

यस्तै ज्योतिको उक्त स्टाटसको कमन्टमा अर्की गायिका भुमिका गिरीले समेत नमच्चिने पिङ को सय झट्का भन्दै कमेन्ट समेत गरेकी छिन ।