काठमाडौं-छोटो समयमा चर्चाको शिखरमा चढेको नाम बिक्रम चौहान । नेपाली लोक तथा दोहोरी क्षेत्रमा बिक्रम चौहानलाई नचिन्ने सायदै कमै होलान । बिक्रम चौहान नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित,सफल तथ उत्कृष्ट व्यक्ति हुन् । चौहानले नेपालि गीतसंगीत क्षेत्रका नृत्य गीतलाई बढी निर्देशन गरेका छन ।लोक दोहोरिका साथै आधुनिक गित तिर पनि उत्तिकै फट्को मारेका छन् । चौहानले गरेका हरेक गित उत्तिकै चर्चामा आउने गरेका छन् । यसै क्रममा भखरै मात्र बजारमा आएको एस थ्री के इन्टरटेनमेन्टको प्रस्तुति रहेको म्युजिक भिडियो“पहाडी बठिनिया”निर्देशन गर्नु भएको थियो । सो म्युजिक भिडियो युटुब ट्रेण्डिङमा परेको छ ।
नरेश जोगी र कामना प्रसाईको स्वरमा रहेको गीतमा युवा पुस्ताका लोकप्रिय नायक नायिका पल शाह र वर्षा रावतको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको गीतको म्युजिक भिडियो सम्पादन भने मिलन बिकले गरेका छन ।