Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गेश थापाले कन्सर्ट दुर्घटनाका घाइतेलाई अस्पतालमै पुगेर भेटे,सबै खर्च बेहोर्ने घोषणा

दुर्गेश थापाले कन्सर्ट दुर्घटनाका घाइतेलाई अस्पतालमै पुगेर भेटे,सबै खर्च बेहोर्ने घोषणा

काठमाडौँ । चर्चित गायक दुर्गेश थापाले आफ्नो कार्यक्रमको भीडमा घाइते भएका व्यक्तिलाई सहयोग गरेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा केही दिनअगाडि भएको कार्यक्रममा बार भत्किएर चारजना घाइते भएका थिए ।

बुढानिलकण्ठको चुनिखेलमा भएको कन्सर्ट दुर्घटनाका घाइतेलाई मंगलबार अस्पताल पुगेर भेटेका उनले घाईतेलाई ३ महिनाको रासनपानी र कोठा भाडा तिर्ने वचन दिदैँ उनले अस्पतालको खर्च चाहिँ आयोजकलाई बोलाएर तिराउन लगाउने पहल गर्ने समेत बताएका छन् । घाईते चारजनामध्ये तीनजनाको अवस्था सामान्य रहेको छ । एकजनाको खुट्टा फ्याक्चर भएको छ उनको उपचार यतिबेला महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भैरहेको छ । धनगडीका ती घाइतेलाई चिकित्सकले दुई महिना आराम गर्न सुझाएका छन् । उनले भनेका छन,“उहाँका बुवा÷छोरा नै मेरो फ्यान हुनुहुँदो रहेछ । म आज जे छु, दर्शककै कारण छु । त्यसैले मैले सबै काम छोडेर टिचिङ पुगेर भेटेँ । चिकित्सकले दुई महिना आराम गर्न भन्नुभएको रहेछ,” दुर्गेशले भने, “मैले त्यहाँ हालसम्म खर्च भएको पैसा दिएर तीन महिनाको कोठा भाडा र रासन दिन्छु भनेको छु । बाँकी अस्पतालको खर्च आयोजकलाई बोलाएर व्यहोर्न भनेको छु ।” आयोजकको कमजोरीका कारण घटना भएकाले त्यसको जवाफदेही पनि आयोजक हुनुपर्ने दुर्गेशको भनाइ छ । घाइतेका छोराको तीन महिनाको विद्यालयको शूल्क पनि आफूले तिरिदिने दुर्गेशले जानकारी दिए ।

दुर्गेश पछिल्लो समय दिनकै स्टेज कार्यक्रम गरिरहेका छन् । ‘दुस्मन हेरेको हे¥यै’ गीत चर्चित हुँदा उनको लोकप्रियता पनि चुलिएको छ । दुर्गेशका हरेक कार्यक्रममा हजारौँ दर्शक उनीसँगै रमाइलो गर्न पुग्छन् । यस्तै यतिबेला गायक दुर्गेश थापा चर्चाको उत्कर्षमा पुगेका छन ।