लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन थालेको छ। प्रहरीले गरेको ब्यबाहारलाइ लिएर राउतले सामाजिक संजालमा आक्रोश संगै प्रहरीहरुलाई गालि गरेपछि उनि बिबादमा तानिएकी हुन्।उनको बिरोधमा लोकप्रिय गायक भगवान भण्डारीले पनि आफ्नो सामाजिक संजालमा आस्थाको दादागिरी भन्दै केहि आक्रोश सहितको पोष्ट लेखेका छन।आस्थाले कफी खाएर बस्ने र आफु ठुलो व्यक्ति भएको हुदा नाम बोलाउलाकि भनेर कुर्नुनै यो अबस्था आएको भगवानको सामाजिक संजालको पोष्टमा उल्लेखित छ।हेरौ भण्डारीले लेखेको भनाई जस्ताको तस्तै :
प्रहरीको ब्यबहारदेखि त सबै आजित छन् नै। तर एयर्पोर्टमा आस्था नानुको पनि केहि कमजोरीहरू रैछन्
~जहाज उड्ने बेला सम्म पनि boarding pass लिएको प्यासेन्जर
आईपुगेन भने अन्तिम अबस्थामा बल्ल नाम एनाउन्स् गरेर बोलाउँछ । आस्थाले कफि खाएर बस्छु अनि नाम बोलाएसी जान्छु भनेर बस्नु ठुलो कम्जोरी हो , त्यो पनि चेक जाँच भन्दा पहिल्यै ।चेकजाँच गरिसकेपछि भित्र कतै अल्मलिएको छ भने , नाम बोलाएसी दौडिँदै जान सकिन्छ। तर बाहिर कफि सपमा, नाम बोलाउला र जान्छु भनेर बस्नु भुल हो। यस्तो अबस्थामा या त त्यो यात्रू छुट्छ या सबैले एउटैलाई कुरेर बस्नु पर्छ।
~अर्को कुरा एयर्पोर्टको चेक जाँच गर्ने ठाउँमा कफि या जुस् या कुनै खाने कुरा हातमा लिएर हिड्नै पाईँदैन । देशबिदेश यात्रा गरीरहेकी आस्था लाई यति कुरा थाह नहुनी कुरै हुँदैन त्यो पनि प्रहरी ले समाएर सहयोग गरेको फुटेजमा देखिन्छ।
पछि महिला प्रहरीले आस्थाकै अगाडी कफि राख्दिँदा त्यहिँ छोडेर हिनेकी छन्।प्रहरीले यो लैजाउ भन्दा उनको हातमा भएको पेपर न्याप्कीन समेत त्यहिँ फालेर हिनेको देखिन्छ।
यहाँ मैले कसैलाई दोषी या निर्दोष भन्न खोजेको हैन हामी जो सुकै भएपनि चलेको नियम कानुन् सर्बसाधारण कै रूपमा पालना गर्नु पर्छ?