गीत संगीतमा जमिरहेका गायक तर खासै मिडियामा त्यति धेरै चर्चामा न आएका मध्यमा पर्छन हेमन्त रसाईलि,उनले गाएको पछिल्लो समयको सबै जसो गीतहरु हिट छन तर उनि जुन रुपमा चर्चामा छन त्यो दर्शक श्रोतको माया कमि देखिन्छ कारण उनि हैन उनको सृजना हिट भयो।उनि मिडियामा प्रचार गर्न चाहेनन्।
हाम्रै आग्रह अनुरुप आज हेमन्तको बारेमा केहि बुझ्ने कोसिस गरेका छौ।दुर्गम जिल्लामा जन्मिएका हेमन्त जातीय पिडामा परेको सम्झेर भाबुक भए।आफु तल्लो जातको हुदा समाजले हेर्ने दृष्टिकोण ले आफु बिचलित भएको उनको भनाई थियो एता इन्द्रेणीमा दोहोरी गाउने ठुलो चाहना भएको भन्दै यो सपाना छिट्टै पुरा हुनेमा आसबादी रहेको समेत उनको भनाइमा छ।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :
नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका युवा पुस्ताका ढुकढुकी हेमन्त रसाईलीको अर्को बहुप्रतिक्षित लोक गीत ‘लाहुरे’बजारमा आएको छ।हेमन्त रसाईलीको संगीत र सपना रसाईलीको शब्द रहेको उक्त गीतमा हेमन्तले एउटा कारुणिक कहानी प्रस्तुत गर्नु भएको छ।
गीतमा हेमन्त रसाईली र टिकटकमा भाइरल दुर्गा सापकोटाको अभिनय रहेको छ।बालापन देखि टिकटकमा उनको धेरै गीतहरु चर्चामा छन।भाग्यमानी हुदै आज लाहुरे सम्म आउदा उनकै चर्चा छ।रमेश रसाईलीको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने बिबेक बिकको रहेको छ।हेमन्तले आफ्नै युटुब मार्फत यो गीत बजारमा ल्याएका छन