‘सारा सपना’ बोलको नयाँ र्याप गीतको भिडियो सार्वजनिक भएको छ । महेन्द्र बिष्टको स्वर र पुष्प शाह उर्फ र्यापर राजाको र्याप रहेको उक्त गीतको भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबमार्फत बजारमा आएको छ ।
विवेक शाहको शब्द रहेको उक्त गीतमा संगीत र एरेन्ज भने बिशाल निरौलाले गरेका छन् । दिपक भण्डारीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई रोहीत मल्ल ठकुरीले खिचेका हुन् भने सम्पादन पनि उनी आफैंले गरेका छन् ।
उक्त गीतको भिडियो मा सपना खतिवडा , पुष्प शाह र बिनोद को अभिनय देख्न पाउछौ । हेरौ भिडियो :