Shares
Shares
कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा भएको बिशेष कार्यक्रममा नजानुको कारण आफ्नो सामाजिक संजाल मार्फत स्पष्टीकरण दिएकी छिन।उनले आफ्नो सामाजिक संजालमा उक्त बिषयको आपति जनाएकी छिन।इन्द्रेणी टिम संग भन्दा पनि आयोजक टिम संग उनले आफ्नो आपति व्यक्त गरेकी छिन्।इन्द्रेणी टिमकै चर्चित पात्रमा उनि पर्दछिन।उनको हरेक स्थानमा रोजाई छ।कतारमा भएको गत तीजको कार्यक्रमलाइ लिएर आयोजकले टिका सनुलाई न बोलाएको उनको फेसबुक स्टाटसमा देखिन्छ उनले यस्तो लेखेकी छिन:
सन्सार कै लोकप्रिय कार्यक्रम इन्द्रेणी समूह अहिले कार्यक्रम को लागि नया दिल्ली पुगेको छ । यस्मा म निकै खुशी छु ।
अहिले को नया दिल्लिको कार्यक्रम मा हजुर किन न आयको भनेर मलाइ हजारजना मेरा दर्सकस्रोताहरुले मलाइ sms गरेर सोध्नुभयो मैले यकयक गरि सबैलाइ जवाफ दिन सकिन
तेसैले मेरो आधिकारिक लाइक पेज बाट सबैलाइ यकमुस्ट जानकारी गराउदै छु ।
इन्डिया बाट कार्यक्रम को कुरा गर्न आउनुभयको दाइ ले भन्नुभयछ ,, इन्द्रेणी टिम लानी टीका बाहेक को ।
कृष्ण दाइ ले सोध्नुभयछ किन? उहाले उत्तर दिनुभयछ कि
तिज सिजन मा कतार मा मेरो साथिले आयोजना गरेको कार्यक्रम मा उस्ले धोका दि ! तेसैले टीका लाई पनि मैले इन्डिया लगेर कार्यक्रम गरे भने मलाइ मार्छन मेरो साथी हरु रिसाउछन ।
यत्ती सुने पछि म जान उचित ठानिन किन कि त्यो जुन तिज बेलाको कुरा आयो बुझ्ने ले पो बुझ्छ म कति अप्ठ्यारोमा थिय ( दाङ देउखुरी सेवा समाज दोहा कतार ) ले आयोजना गरेको तिज मिलन कार्यक्रम मा चाहेर धोका दियको होइन अझै पनि त्यो सस्था प्रती म अति नजिक छु जस्तो लाग्छ !! मैले जानेर दियको धोका होइन भनेर मैले बार बार भन्दा पनि यत्ती सम्म गर्न सक्ने मान्छेहरु लाई के भन्नू?
मलाइ यो कुरा मा दुख भन्दा पनि धेरै खुशी लागेको छ जब इन्द्रेणी टिम इन्डिया को यात्रा मा भनेर यरपोट मा खिचियको तस्बिर सहित को इन्द्रेणी समाज मा आयको समाचार मा मलाई धेरै धेरै ले सोध्नुभयो ? कमेन्ट मा प्रतेक ले टीका खोइ ? भन्ने प्रश्न गर्नुभयो । मैले यतिन्जेल सम्म गरेको संघर्ष चिन्ने मेरा दर्सकभगवान हरु लाई मुरि मुरि धन्यवाद ।
नया दिल्ली मा टीका सानू र टीका का दोहोरी हरु मन पराउनी सम्पुर्ण लाई मीठो सम्झना ।
कलाकार हरुको वास्तविक बाध्यता नबुझी विभिन्न आरोप लगाउदै हर स्थान का कार्यक्रम बाट बहिस्कार गरे पनि मलाइ गर्व छ कि दर्सक को रोजि र खोजी त छनी ।तर कुरा यत्ती हो खादै नखाय को बीस लाग्नु र कसैले नामै तोकेर टीका सानू लाई टिम मा नल्याउनु भन्दा कता कता मन सारै दुख्दो रैछ।तर पनि म खुसी नै छु मुरि मुरि धन्यबाद ती आयोजक ज्यु हरु लाई जस्ले आफ्नै कार्यक्रम मा उपस्थित हुने दर्शक को भावना लाई समेत कुल्चेर मसङ्ग प्रतिसोध लिन खोज्नु भो , तपाई हरु को सधै जय होस म दुखी को त जे सुकै भय होस ।
टिका सानुको उक्त बिषयलाई लिएर आम दर्शक श्रोतले पनि चासो दिदै इन्द्रेणी टिमले किन टिकालाइ छाडेर गयो भन्ने प्रश्न उठाए पछि उनले आफ्नो भनाई सामाजिक संजाल मार्फत पोखेकी हुन्।टिका एक सरल गायिका हुन्।उनको आवाज र काम प्रति सबै नजीक छन।उनि दोहोरीमा पोख्त गायिका पनि हुन्।उनले फर्काउने टुक्का देखि उनी संग भएको खुबिकै कारण यो समय अझ टिकाको मेला महोत्वमा खोजि हुने गर्छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209