Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

ल्होछार मनाउन प्रथम नेपाल आइडल बुद्ध लामा सहितका चर्चित कलाकार कतार आउँदै

ल्होछार मनाउन प्रथम नेपाल आइडल बुद्ध लामा सहितका चर्चित कलाकार कतार आउँदै

दोहा कतार

मञ्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जीवा ल्हो (मुसा वर्ग) को उपलक्ष्यमा आउँदो शुक्रवार कतारमा हुने बृहत् सांस्कृतिक कार्यक्रमको लागि प्रथम नेपाल आइडल बुद्ध लामा सहितका तामाङ कलाकार सङ्घका अध्यक्ष गायक तथा सङ्गीतकार सञ्जीव वाइबा,सेलो गायिका अन्जु थोकर र म्हेन्दोमाया गायक राम गोम्जा कतार आउने भएका छन् ।

समाजका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार तीर्थ थिङ तामाङ चाहिँ कतारमा हुने ल्होछार कार्यक्रम र स्थललाइ लाई दोस्रो टुँडिखेल भनेर सम्बोधन गर्छन् । कार्यक्रमको प्रचार प्रसार सामाजिक सञ्जाल लगायत कतारका विभिन्न एरियामा भौतिक रूपमै उपस्थित जनाउँदै तीव्र पारिएको समाजका अध्यक्ष धिरेन तामाङले बताए । प्रत्येक वर्ष बृहत् रूपमा ल्होछार कार्यक्रम गर्दै आएको समाजले यस पटक दोहाको मिसाइद स्थित अम्वाज क्याम्प २ मा यही आउँदो जनवरी २४ तारिख शुक्रवार बृहत् कार्यक्रम गर्न लागेको छ भने यसको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम तामाङले बताए ।

कार्यक्रमलाई मध्यनजर गर्दै दोहाका बिभिन ठाउँ बाट आउन जानको लागि पनि निशुल्क यातायातको व्यवस्था गरिएको यातायात संयोजक पासाङ मोक्तान तामाङले जानकारी दिए । तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नाराका साथ सन २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले हरेक क्षेत्रमा सक्रियता पूर्वक आर्थिक नैतिक सङगै भौतिक रूपले अगाडी बढी रहेको सक्रिय समाज हो ।