Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

मुटु उपहार पन्चेबाजा गीतले बजार पिट्दै (भिडियो सहित)

मुटु उपहार पन्चेबाजा गीतले बजार पिट्दै (भिडियो सहित)

हे पानी खायौ बिर्सियौ कुवा

घाइते मुटु सानीलाई गर्दुवा

ज्याग्दी खोला उर्लिएर भयो वारको पार

ए ! आज देखि पराइ हुने मायालाई उनकै यादमा तडपिनि यो मुटु उपहार

माथिका गीतका टुक्का चर्चित गायक बद्री पङ्गेनीले गएका हुन् मुटु उपहार एल्बमका लागी ।

उनलाई स्वरमा साथ दिँदै चर्चित गायिका सम्झना भण्डारीले

हे बाउ आमाको बचन काट्नलाई

जे पर्छ त्यही सकिन आटनलाइ

ज्याग्दी खोला उर्लिएर भयो वारको पार

मलाइ सम्झी कहिल्यै नि नरोऊ मायालु त्यही हुनेछ मेरो निम्ति तिम्रो उपहार

भन्दै सुन्दर आवाजमा गायकी छिन । सम्झनालाई लोक दोगोरी क्षेत्रमा उच्च स्केलमा गित गाउन सक्ने गायिकाको रुपमा चित्रत गरीन्छ । गीतमा हेमन्त कान्छा रसाइलीको पनि स्वर सुन्न सकिन्छ । श्रीराम काफ्लेले बियोगान्त प्रेम सम्बन्ध र बिहे सम्मको कथालाई निकै उत्कृष्ट शब्दमा तयार पारेका छन । उक्त गीतले डिजिटल दुनियाँमा माया पाइरहेको छ । हेमन्त कान्छा रसाइली को एरेन्ज रहेको उक्त गीतमा गोपाल पोखरेल ठुलेले सङ्गीत भरेका छन् । दुर्गा पौडेलले छायाकन गरेको भिडियो मा गोपाल पोखरेल ठुले, रबिना भण्डारी , उषा सुबेदी, अर्जुन लम्साल लगायतले अभिनय गरेका छन् । निर्देशन को बागडोर शंकर बिसीले समालेका छन् ।

बाबा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको उक्त पञ्चेबाजा गीतलाई कृष्ण फिल्म्सले पोस्ट प्रोडक्सन गरेको हो भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

https://youtu.be/FbEs859_vFA