Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अहिले सम्मकै कारुणिक गित 'पराई घरमा धोका' सार्बजनिक

अहिले सम्मकै कारुणिक गित 'पराई घरमा धोका' सार्बजनिक

काठमान्डौँ : नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ”पराई घरमा धोका ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ ।

सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ”पराई घरमा धोका ” गीत तयार गरिएको छ । मौलिक भावमा आधारित बनाएर तयार पारिएको गीतमा वेदनालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा सन्जय सिपालको एरेन्ज रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”पराई घरमा धोका” गीतको भिडियोमा राजु विरही , अन्जु चेपाङ , सुर्य दवाडी र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।

”पराई घरमा धोका ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=WukBySRdC24&feature=youtu.be&fbclid=IwAR2X2rPDUxxoLeEsFWAbTHadYUu0GCD7SENOYnxyzc5Ws5eM981TBkE1xtE