Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित

लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । जिवनमा निकै हारेर प्रेमीका गुमाउदाको पिडालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”सारा खुशी ” गीतको भिडियोमा दिलिप रेग्मी , आरती मगर , कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ ।

”सारा खुशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=MFt-bALYS1U&feature=share&fbclid=IwAR3NOI1e6l1o-tWTi4PuxqcbUdsqK7mRXlsSFa5YfLddZppaYxskVeJIGxQ