Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

देशभर ‘कमाण्डर’ एक्लै

देशभर ‘कमाण्डर’ एक्लै

काठमाडौं, ९ माघ ।

माघ १० मा एउटा मात्रै नेपाली चलचित्र ‘कमाण्डर’ प्रदर्शनमा आउन लागेको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् ।

हरेक शुक्रबार दुई या दुई भन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा गत पुष महिनाबाट भने चलचित्र प्रदर्शनको क्रम घटेको छ । सोही सन्दर्भमा ‘कमाण्डर’ ले एकल प्रदर्शनको अवसर पाएको छ । फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,ध्रुव कोइराला,श्रीराम पुडासैनी,प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका द्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् ।

इमान्दार प्रहरी अधिकृतले समाजमा ब्याप्त भ्रष्टाचार, तस्करी,कालोबजारी नियन्त्रण तथा निर्मुलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने बिषयमा निर्माण गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देश समेत प्रवाह गरेको निर्देशक सापकोटा बताउँछन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्मको सहनिर्मातामा सावनजंग राना छन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।