Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

आस्थाको सिसि टिभी फुटेज बाहिर ल्याउन सक्ने प्रहरीले ३३ किलो सुनको भिडियो किन लुकायो?

आस्थाको सिसि टिभी फुटेज बाहिर ल्याउन सक्ने प्रहरीले ३३ किलो सुनको भिडियो किन लुकायो?

नताको बोल्न पाउने अधिकार खोस्न नहुने सुष्मा महराले बताएकी छिन् । लोकतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गर्न नहुनेमा उनको जोड छ ।

“गल्ति मानिसबाटै हुन्छ । सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अत्याचार सहन्छ भने कोही त्यस बिरूद्धमा खरो उत्रिन्छ,” उनले गायिका आस्था राउत बिरुद्ध प्रहरीको कदमको बिरोध गर्दै बोल्छिन, “लोकतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ । अत्याचार परेको बेला म पनि बोल्छु । मान्छे मारेको होइन । रिसको आबेगमा आस्थाको बोलीमा केही शब्द चयन गलत भकै हो । तर उहाँ आफैंले त्यसलाई फिल गरेर माफी मागिसकेको अवस्थामा बोल्दैमा अपराधिक चित्रण गरी गायिका आस्था राउतलाई पक्राउ पूर्जी तय गर्नु निन्दनीय छ ।”

उनले बोल्न पाउने अधिकार हनन् गर्दै फेरी निरङ्कुशता नै लाद्न खोजेको हो ? प्रश्न गर्दै लेखेकी छिन्, “गल्ति दुबैबाट देखिन्छ दुबैको छानबिन हुन जÞरूरी छ । सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नुभन्दा ठूलठुला अपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस् । छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस् ।”

“आशालाग्दा ठूलठुला नेताहरूले पनि अन्तर्वार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी ? कानुन सबैको लागि बनेको होइन ?” सुनिता अगाडि लेख्छिन्, “अन्याय र अत्याचार बिरुद्ध बोल्ने पाउने अधिकार छ । साधारण आवेशमा भएको गल्तिमा यो सम्मको निर्णय गर्नु आपत्तिजनक छ ।”हेरौ भिडियो नै :