Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रचण्डको पोस्टमा बालेनको कमेन्टः एकादेशमा टिकटक पनि बन्द थियो

प्रचण्डको पोस्टमा बालेनको कमेन्टः एकादेशमा टिकटक पनि बन्द थियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ सामाजिक सञ्जालमा एक पोस्ट गरे । उनले लेखेको थिए सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ। र यहि पोष्टको कमेन्टमा आएका हजारौ कमेन्टहरुमा बालेन शाहको कमेन्ट छ ।

मेयर बालेनकै कमेन्टमा मात्र ६३ हजार बढिको लाईक छ । बालेन शाहले प्रचण्डको सोही पोष्टको कमेन्टमा लेखेको थिए  ‘एकादेशमा टिकटक पनि बन्द भएको थियो । हजुर पीएम (प्रधानमन्त्री) हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन, कमरेड !’ ‘मेरा लागि एक दिन दिएको भए म काठमाडौंका खोलानाला फेरिदिन्थेँ,’।यति बेला मेयर शाहको जवाफले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। यसअघि प्रचण्ड नेतृत्वको सरकारले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

भ्रष्टाचारविरुद्ध युवा पुस्ताले आज लागेको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सो प्रदर्शनको समर्थन गरेका हुन्। तर, आफू ‘जेन–जी’मा नपर्ने भएकाले प्रदर्शनमा सहभागी नहुने उनको भनाइ छ । त्यस्तै उनले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यले आन्दोलन विथोल्ने कार्य नगर्न पनि आग्रह गरेका छन् ।  सामाजिक सञ्जाल हेर्दा यसमा विशेषगरी टार्गेटमा देखिन्छन्– प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरुका सन्तान । प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवापुत्र जयवीर देउवालगातका तस्वीर पनि सार्वजनिक भएका छन् । यता  जेड वा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनमा कलाकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।भिडियोमा सहित यो समाचार हेर्नुहोस 

https://www.facebook.com/laligurashmedianetwork/videos/1276167870477051