Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भागेर ज्यान जोगाएका ओलीलाई अर्को तनाव,कर्तव्य ज्यान मुद्दामा जाहेरी पर्यो

भागेर ज्यान जोगाएका ओलीलाई अर्को तनाव,कर्तव्य ज्यान मुद्दामा जाहेरी पर्यो

काठमाडौँ । केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । जेन जीहरुको आन्दोलनमा ओलीले गोली चलाउन आदेश दिएको भन्दै एमाले अध्यक्ष के पी शर्मा ओली विरुद्ध जाहेरी परको हो । काग्रेस नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएको बताइएको छ ।

जेन जीहरुले शान्तीपुर्ण आन्दोलन गरेको तर ओलीले नै गोली चलाउन आदेश दिएको आरोप लागेको छ । जेन नीहरुको आन्दोलनमा सरकारले नै गोली चलाउन आदेश दिएको भन्दै सर्वत्र आलोचना भैरहेका बेला ओली विरुद्ध जाहेरी परेको हो । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।