Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलमान उर्जामन्त्रीमा नियुक्त भएसँगै हितेन्द्र शाक्यले राजीनामा दिन लागेको चर्चा !

कुलमान उर्जामन्त्रीमा नियुक्त भएसँगै हितेन्द्र शाक्यले राजीनामा दिन लागेको चर्चा !

काठमाडौँ । कुलमान घिसिङ उर्जामन्त्रीमा नियुक्त भएसँगै हितेन्द्र देव शाक्यले राजीनामा दिन लागेको चर्चा चलेको छ । सुशिला कार्की नेतृत्वको सरकारले घिसिङलाई मन्त्रीमा नियुक्त गरेको छ । विद्युत प्राधिकरण बाट निकालिएका कुलमान मन्त्रीमा नियुक्त भएका छन ।

ओली सरकारले प्राधिकरण बाट कुलमालाई निकालेर शाक्यलाई प्राधिकरणमा नियुक्त गरेको थियो। आज  कुलमान घिसिङको पदभार ग्रहण हुँदै गर्दा हितेन्द्रदेब नगएको बुझिएको छ ।

मन्त्रालय र मातहतका कर्मचारीहरू पनि बाक्लो सङ्ख्यामा पुगेपनि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य भने नगएका हुन ।