Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

संविधान दिवसमा सहिदको योगदान भुलेर राजनीति स्वार्थमा रुमलिएका ओली,देउवा र प्रचण्ड

संविधान दिवसमा सहिदको योगदान भुलेर राजनीति स्वार्थमा रुमलिएका ओली,देउवा र प्रचण्ड

काठमाडौँ । आज असोज ३ गते नेपालमा संविधान दिवस भव्यताका साथ मनाइँदै छ । वर्तमान संविधान घोषणाको आज एक दशक पुरा भएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान घोषण भएकै दिन आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यता  संविधान ल्याउनका लागि थुप्रै जनताहरुले आफ्नो ज्यानको आहुती दिए । सहिदहरुको रगत र बलिदानी बाट प्राप्त भएको यो संविधानले सबैलाई समेट्न सफल देखिन्छ ।

जनप्रिय संविधान बनाउँन धेरैले ज्यान दिएपनि उनीहरुको योगदानको कदन नभएको पाइएको छ । शिर्ष नेताहरु नै सहिदहरुको योगदानलाई भुलेर राजनीतिक स्वार्थमा रुमलिएका  छन । सहिदहरुको योगदान र बलिदान माथि एमाले अध्यक्ष के पी शर्मा ओली,काग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रमा अध्यक्ष पुष्प कमल दाहालले गरेको कदर र वहाँहरु बाट व्यक्त समवेदना केवल शाव्दिक हो जस्तो  देखिन्छ । विश्लेषक रहेका राधाकृष्ण देउजाले पनि  नेताहरुले शहिदहरुले  गरेको वलिदानको  अनादरको आलोचना गरेका छन । त्यसो गर्दै गर्दा  देउजाले आफ्नो फेसबुकमा  “ भ्रष्टचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्न होमिएको अवस्थामा शासकीय  दम्भ अहँकार, आन्दोलनमा घुसेका अपराधी अराजकहरुले फैलाएको उत्तेजना र ति दुवैका विचमा सुरक्षा निकायहरुको विचमा देखिएको समनव्य अभाव र कतिपय अवस्थामा प्रदर्शित अकर्मण्यता र असंवेदनसिलताको चपेटामा परेर  जीवन गुमाउने देशका कर्णधार युवा युवतीको मृत्युमा शोक अनि देशलाइ भ्रष्टचार मुक्त बनाउँछु भनेर आन्दोलन गर्दै गर्दा शहिदहरु  प्रति अन्तर आत्मा बाट  श्रदान्जली व्यक्त गर्न  नसक्ने , उनीहरुको मृत्यु हुने गरेर भए गरेका काम कारवाहीहरु प्रति आत्मालोचित नहुने जोसुकैले पनि संविधान वा अन्य कुनै विषयमा गरेको चर्चा र व्याख्याको अर्थ छैन ।” भनेर लेखेका  छन । त्यसैमा उनले  थपेका छन,“जनताको जीवनको रक्षा गर्न नचाहने अनि मृत्युहरु प्रति बिना सर्त समयमै  संवेदना व्यक्त गर्न समेत आवश्यक नदेख्नेले संविधानको रक्षाको गुड्डी हाँक्दा आखिर सुन्ने र पत्याउने कसले रु यद्धपि दलीय महाराजाहरुले  संविधान रक्षा प्रति देखाएको दृढता आफैंमा लाज पनि लजाउन  काम हो भन्ने मान्दा मान्दै पनि संविधानमा रहेका ऐतिहासिक र उत्कृष्ट प्रावधानहरु शहिद युवा युवतीले चाहे जस्तो नेपाल बनाउन काफी भएकोले पनि संविधानको रक्षा हुनुपर्छ । यसलाई जनताले रक्षा गर्नुपर्छ र यसैमा टेकेर यो संविधान , यसले प्रत्याभूत गरेको संवैधानिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्रलाइ  नै पनि बदनाम गर्ने स्वार्थी नेताहरुको विस्थापन गर्नुपर्छ र गर्न सकिन्छ ।” 


आफुलाइ लोकतन्त्रको मसिहा ठान्ने शिर्ष नेताहरुले नै शहिदहरुको  योगदान लाई कदर नगर्दा आलोचना हुने गरेको छ र त्यो अत्यन्त स्वाभाविक पनि छ । पछिल्लो समय भ्रष्टाचारको अन्त्यका लागि भएको जेन जी आन्दोलमा मात्रै  पनि धेरैले ज्यान गुमाएका छन । यो आन्दोलनलाई समेत नेपालको राजनीतिको एउटा क्रान्तिको रुपमा हेरिएको छ । यो आन्दोलनमा पनि धेरै युवाहरु सहिद भए तर यसलाई पनि नेपालका शिर्ष नेताहरुले हल्का रुपमा लिएका छन । विभिन्न आन्दोलनमा शहिद  भएकाहरु प्रति सामाजिक सञ्जाल वा विज्ञप्तीमा शाव्दिक श्रद्धान्जली दिएर झारा टराई गर्नु भन्दा उनीहरुले उठान गरेको भ्रष्टचार रहित देशको मुद्दालाइ साझा मुद्दा बनाइ अगाडी बढनु पर्नेमा राष्ट्रिय सहमति अनिवार्य हुनु पर्ने माग आम रुपमा बढी रहेको छ ।