Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

किताब बेच्दा बेच्दै र प्रश्न सोध्दा सोध्दै मन्त्री बनेका पुन र खरेल

किताब बेच्दा बेच्दै र प्रश्न सोध्दा सोध्दै मन्त्री बनेका पुन र खरेल

काठमाडौँ । पछिल्लो समयका २ चर्चित अनुहार सञ्चारकर्मी जगदीश खरेल र वैज्ञानिक महावीर पुन एकाएक मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन । नेताहरुलाई प्रश्न सोध्दा सोध्दै सञ्चार मन्त्रालयको हट सिटमा खरेल पुगेका छन भने कृषि कारखाना सञ्चालन गर्न किताब बेच्दा बेच्दै पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्न पुगेका छन । प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शक्तिशाली मन्त्रालय हाक्न पुगेका उनीहरुको काम हेर्न केही समय पर्खनु पर्ने हुन्छ । जनताहरुले पनि रुचाएका उनीहरुले राम्रै काम गर्लान भन्ने अपेक्षा छ । 
वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुन पछिल्लो समय कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो ‘आत्मकथा’ (पुस्तक) बेच्न देशका विभिन्न भागमा पुग्ने गरेका थिए ।  

किताब बेचेर उनले राष्ट्रिय आविष्कार केन्द्रमा आर्थिक जोहो गर्दै आएका थिए ।  २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नाङीमा पुनको जन्म भएको हो ।  पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छन् । यस केन्द्रबाट उनले नयाँ सोच र विचार भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको अर्थतन्त्रमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरण उनले मिलाउँदै आएका छन् । यता जगदीश खरेल साढे २ दशकदेखि निरन्तर पत्रकारितामा आबद्ध थिए ।टेलिभिजनमा उनले चलाउने ’हटसिट’ कार्यक्रम चर्चित छ । 


खरेलले टेलिभिजनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासकदेखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा प्रश्न गर्थे । प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगेको भनेर सञ्चारकर्मीहरू पनि खरेलको कार्यकाल सफल होस् भनेर कामना गरिरहेका छन् ।  २०५९ सालमा इमेज च्यानलको सुरुवाती समयदेखि उनी काम गर्न थालेका थिए । बीचमा समाचार कक्षबाट बाहिर रहेर ’टक शो’ मात्र चलाए पनि पछि व्यवस्थापन परिवर्तनसँगै सिंगो इमेज ग्रुप अफ कम्पनीज (इमेज एफएम, इमेज खबर र इमेज च्यानल)को प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए । 


दोलखा स्थायी घर भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि गरिरहेका छन् ।