Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इलाममा बाढी र पहिरोले २८जनाको ज्यान गयो, उद्धार कार्य जारी

इलाममा बाढी र पहिरोले २८जनाको ज्यान गयो, उद्धार कार्य जारी

काठमाडौं, कोशी प्रदेशमा जारी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्ला दुई दिनमा मात्रै इलाम जिल्लामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबै मृतक इलाम जिल्लाका हुन्। प्रहरीका अनुसार विभिन्न स्थानीय तहमा निम्न स्थानहरूमा जनधनको क्षति भएको छ:

  • सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ – ५ जना 

  • माङसेबुङ गाउँपालिका–१, पाटिगाउँ – ३ जना

  • देउमाई नगरपालिका–५, धारे – १ जना

  • देउमाई नगरपालिका–५, धुसुने – २ जना

  • फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् – १ जना

  • इलाम नगरपालिका–५, घोसगाउँ – ६ जना

यससँगै इलाममा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। अन्य स्थानहरूमा पनि क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।

सुरक्षाकर्मी र स्थानीयको टोली प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएको छ। लगातार वर्षाका कारण अझै पनि जोखिम कायमै रहेको र प्रशासनले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।