Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा सानो गिरावट

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा सानो गिरावट

काठमाडौँ, गत शुक्रबारको तुलनामा आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु ५ ले घटेको छ।

गत शुक्रबार रु २ लाख ३९ हजार मा कारोबार भएको सुन आइतबार रु २ लाख ३९ हजार ७०० प्रतितोला कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य रु ३ हजार ५५ प्रतितोला निर्धारण गरिएको महासङ्घले जनाएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आइतबार विश्व बजारमा सुनको मूल्य प्रति औँस करिब ४ हजार अमेरिकी डलर मा कारोबार भइरहेको छ।