Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

फिल्मी शैलीमा बनाइएको ‘तिम्रो सहर’ ( भिडियो सहित )

फिल्मी शैलीमा बनाइएको ‘तिम्रो सहर’ ( भिडियो सहित )

पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि यहि गीतको ट्रेलर सार्वजनिक समेत गरीएको थियो

फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशक निसान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा आफुले नयाँ प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन ‘तिम्रो सहर म्युजिक भिडियो दर्शकहरुको लागि बिशेस रहनेछ’

सन्तोस कालिकोटेको स्वर ,यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतलाई एरेजं किरण कंडेलले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन ,बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

https://youtu.be/as-qy6afk8k