काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले बल प्रयोग गरेरै बयान लिनुपर्ने संकेत देखिएको छ । जेन जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले बयान लिने तयारी गरेको छ,तर उनले आफु नजाने बताएका बताउँदै आइरहेका छन । केहीँ दिन अघि गृहमन्त्री ओम प्रकाश अर्यालले अध्यक्ष ओली बयान दिन नगए समातेर भएपनि ल्याएर बयान लिइने बताएका थिए । केहीँदिन अघि मात्रै ओलीले एक अन्तरवार्तामा बोल्दै आफु कुनै हालतमा पनि बयान दिन नजाने र बरु गिरफ्तार गरेपनि थुनेपनि आफु तयार रहेको बताएका छन् ।
ओलीले भनेका छन् ‘आफुलाई के के गर्ने हो,गिरफ्तार गरेर लाने होकी,थुन्नुहुन्छ कि ? मैले यसमा धेरै केही भनिरहनु छैन,’ उनले भनेका छन । ओलीले पहिले नै फैसला सुनाइसकेको जाँचबुझ आयोगलाई आफूले नमान्ने पनि अडान लिएका छन् । ओलीले सुरुबाट नै गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई मान्यता नदिने र बयान दिन नजाने बताउँदै आएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेन जी आन्दोलनमा गोली चलाउँन आदेश दिएको आरोप खेपिरहेको छ । भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलनमा सरकारको तर्फबाट दमन भएको भन्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने जेन जीहरुले बताइरहेका छन ।
ओलीलाई पक्राउ गरेर कानुनी कठघरामा नउभ्याएको भन्दै जेन जीहरु सरकार प्रति आक्रोशित बनेका छन । सुदन गुरुङ सहितका जेन जी समुहहरुले गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग्दै आएका छन । उनीहरुले आन्दोलनमा दमन गर्ने ओली र लेखकलाई पक्राउ गर्न डराएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । केहीँदिन अघि गृहमन्त्री अर्यालले केपी ओलीलाई जसरी पनि बयानमा लैजाने अडान लिएका थिए ।
अर्यालले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न गठित जाँचबुझ आयोगमा कोही बयान दिन नगए सरकारले आयोगलाई सहयोग गरेर बयान दिन लगाउने बताएका हुन् । ओलीले यसअघि नै आयोगमा बयान दिन नजाने बताएका छन् जसले गर्दा पनि उनलाई पक्राउ गरेर बयान लिनुपर्ने सम्भावना बढेको हो । यता तत्कालीन गृहमन्त्री रमेश लेखकले भने आफु आयोगले बोलाएको खण्डमा बयान दिन जाने बताएका छन् ।