Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पोखराको केबलकार यस्तो बन्यो, बैशाखमा चढ्न पाइने, एकै ठाउँबाट ताल र हिमाल देख्न सकिने

पोखराको केबलकार यस्तो बन्यो, बैशाखमा चढ्न पाइने, एकै ठाउँबाट ताल र हिमाल देख्न सकिने

यो पोखराको सेदी देखि सराङकोट सम्म बन्दै गरेको अन्नपुर्ण केवलकार संचालनका लागि आवश्यक सबै सामाग्री आईसकेको ले आगामी बैशाखबाट केवलकार संचालन गर्ने आफुहरुको प्रयास रहेको संचालक मध्येका एक तिर्थराम त्रिपाठीले बताउनुभयो । केवलकार संचालन गर्न अब लठ्ठो राख्ने बाहेक अन्य सामान्य काम मात्र बाँकी रहेको छ ।

पोखराको पर्यटकिय फेवा ताल र सराङकोटलाई जोड्ने गरि निर्माण भईरहेको केवलकार २ हजार २ सय ७५ मिटर लम्बाई रहने छ । यसमा १८ वटा गोण्डला अर्थात डिब्बाहरु रहनेछन् । प्रत्येक डिब्बामा ८ जनासम्मको सिट क्षमता हुने निर्देशक त्रिपाठीको भनाई रहेको छ । अब छिटोभन्दा छिटो आफुहरुले केबलकार संचालनको तयारी गरिरहेको त्रिपाठीले बताउनुभयो ।

केवलकारको सराङकोट स्थित स्टेशनमा बेलुन रेष्टुरेण्ट, भ्यु टावर निर्माण भईरहेको छ । सेदी स्टेशमा भने गार्डेन सहित पार्कीङ लगायतका संरचना निर्माण भईसकेका छन् । सेदी बाट सराङकोट जोड्न केवलकारका १३ वटा पोलहरु रहेका छन् ।

https://youtu.be/VeBpjJwqPVI