Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णप्रसाद यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णप्रसाद यादव नियुक्त

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको छ। सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार पदमा नियुक्त गरेका हुन्।

शुक्रबार अपरान्ह सात दलीय गठबन्धनको तर्फबाट यादवले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। नयाँ सरकार गठनको तयारीमा रहेका गठबन्धनसँग प्रदेशसभामा दुई तिहाई भन्दा बढी मत छ।

प्रदेशसभाको संरचना अनुसार एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद रहेका छन्।