Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पुसे मेलाको भलिबलमा अन्तर्राष्ट्रिय रौनक, कोलकाताको टिम पनि सहभागी

पुसे मेलाको भलिबलमा अन्तर्राष्ट्रिय रौनक, कोलकाताको टिम पनि सहभागी

काठमाडौँ । मेरिङदेन गाउँपालिका–३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा आयोजना हुने पुसे मेलाअन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा भारतको कोलकाताबाट टोली सहभागी हुने भएको छ।

पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा युनाइटेड एथलेटिक्स क्लब कोलकाताले सहभागिता जनाउने मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङले जानकारी दिए।

पुस १ देखि ५ गतेसम्म चल्ने प्रतियोगितामा गत वर्षको च्याम्पियन भोजपुर भलिबल क्लबसहित सभापोखरी भलिबल क्लब संखुवासभा, भलिबल ट्रेनिङ सेन्टर दमक (झापा), मुकेश मेमोरियल क्लब सिरिजङ्गा ताप्लेजुङ, ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ र रानी भलिबल संघ विराटनगर (मोरङ) का टोलीहरू प्रतिस्पर्धामा रहनेछन्।

प्रतियोगिताको संयोजन भलिबल एम्पायर कृष्ण चोङवाङले गर्नेछन्। मेला सञ्चालन समितिका सचिव गणेश कार्कीडोलीका अनुसार विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ७५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीलाई सान्त्वनास्वरूप ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ।

यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई एक हजार ५०० रुपैयाँ नगद पुरस्कार दिइने अध्यक्ष चोङवाङले बताए। प्रतियोगिता दोभान बजारस्थित खेल मैदानमा आयोजना हुनेछ।