काठमाडौँ । विश्वकप फुटबल २०२६ मा निकै राम्रो खेल प्रर्दशन गदैँ चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिच्नुका साथै उत्कृष्ट गोलकिपिङ गर्दै प्रशंसा बटुलेका थिए।
कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गर्दै भने, ‘भोजिन्हा अब कोलो कोलोका खेलाडी हुनेछन्। केही दिनभित्र उनी चिली आउनेछन्, नियमित स्वास्थ्य परीक्षण पूरा गरेपछि एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।’ चिलीको राजधानी सान्टियागोमा रहेको कोलो कोलो हाल देशको शीर्ष लिग ‘लिगा डे प्रिमेरा’ को शीर्ष स्थानमा छ।