Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुर्खेतमा कांग्रेसका पूर्व वडाध्यक्षसहित ४० जनाले गरे रास्वपा प्रवेश

सुर्खेतमा कांग्रेसका पूर्व वडाध्यक्षसहित ४० जनाले गरे रास्वपा प्रवेश

काठमाडौँ । सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नेको लहर देखिएको छ। आइतवार विभिन्न राजनीतिक दल परित्याग गर्दै ४० भन्दा बढी नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन्। सुर्खेतको चिङ्गाड गाउँपालिका–१ बाट नेपाली कांग्रेसका तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्षसहित ४० जनाले रास्वपामा प्रवेश गरेको रास्वपाका नेता टेकबहादुर सिंहले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष तथा वडा सभापति वीरबहादुर वली, २०५४ सालमा तत्कालीन गाविस वडा अध्यक्ष रहेका पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, लालबहादुर नेवार, वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री, जसबहादुर सुनारलगायत ४० जनाले रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका नेता टेकबहादुर सिंह स्वयं पनि हालै कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण भेलाबाट पार्टी प्रवेश गरेका हुन्। उनी यसअघि नेपाली कांग्रेस सुर्खेत जिल्लाका उपसभापति थिए। सिंहको पार्टी प्रवेशसँगै सुर्खेतमा रास्वपाप्रति आकर्षण बढ्दै गएको बताइएको छ। रास्वपाले कर्णाली प्रदेशभर संगठनात्मक विस्तारलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। पार्टीले वैकल्पिक राजनीति र सुशासनको एजेन्डालाई लिएर जनस्तरमा समर्थन बढ्दै गएको दाबी गरेको छ।