काठमाडौं । नेपालकै नम्बर १ सोफा फ्याक्ट्रीको रूपमा स्थापित 'सोफा हब काठमाडौं'ले आफ्नो बाचा पूरा गर्दै १० जना भाग्यशाली ग्राहकलाई निःशुल्क थाइल्याण्ड भ्रमण गराएको छ। गत दशैं-तिहारको अवसरमा सार्वजनिक गरिएको 'झट्का अफर' अन्तर्गत सोफा खरिद गर्ने ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा छानिएका १० जनालाई कम्पनीले थाइल्याण्डको भ्रमण गराएर फर्काएको हो।
"सोफा हबले जे अफर ल्याउँछ, त्यो पूरा गर्छ" भन्ने मान्यतालाई आत्मसात गर्दै ग्राहकलाई विदेश भ्रमण गराइएको कम्पनीले जनाएको छ। थाइल्याण्ड भ्रमण गरेर फर्कने टोलीमा गोमा लामिछाने, विनोद लोध, माधव दुलाल लगायत १० जना सहभागी थिए। कम्पनीको तर्फबाट पूर्ण प्रायोजित भ्रमणमा सहभागी हुन पाउँदा ग्राहकहरूले निकै खुसी र उत्साह व्यक्त गरेका छन्।
उनीहरूले सोफा हबको गुणस्तरीय सामानसँगै यस्ता पारदर्शी अफरले ग्राहकको मन जित्न सफल भएको बताए। पुस महिनामा 'ग्रान्ड सेल' अफर थाइल्याण्ड भ्रमणको खुसीयाली र जाडो महिनालाई लक्षित गर्दै सोफा हबले अहिले पुस महिनाभरका लागि विशेष 'सेल' योजना पनि संचालन गरिरहेको छ। पुस १ गतेदेखि ३० गतेभित्र सोफा तथा अन्य फर्निचर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले भारी छुटको व्यवस्था गरेको छ।
यस अफर अन्तर्गत ग्राहकले खरिद गर्ने सामानको प्रकृति र मूल्य हेरेर ५ हजारदेखि २० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। गुणस्तरीय सोफाको पर्याय बनेको सोफा हबले आफ्नै फ्याक्ट्रीबाट आधुनिक र आरामदायी सोफाहरू उत्पादन गरी देशभर उपलब्ध गराउँदै आएको छ।