Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिन्धुलीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुलीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बिहान काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृत्यु हुने व्यक्ति दुधौली–१ गिजियानी निवासी अन्दाजी ६०/६५ वर्षका मोहन धामी हुन्। ठक्करबाट टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उनलाई सुरुमा स्थानीय कमलाखोच अस्पताल र त्यसपछि नगर अस्पताल सिर्थौली पठाइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न पिकअप गाडी र चालक झापा सिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।