Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस्तो छ टी-२० विश्वकप २०२६ मा नेपालले लगाउनेछ जर्सी

यस्तो छ टी-२० विश्वकप २०२६ मा नेपालले लगाउनेछ जर्सी

काठमाडौँ । आइसिसी पुरूष टी-२० विश्वकप २०२६ मा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ। 

सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो। 

भारत र श्रीलंकामा माघ २४ देखि सुरू हुने टी–२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन्।

२९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। 

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा  (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। तेस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र तेस्रो खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ। नेपालका सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन्।

प्रतियोगिताका मैदानहरूम नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता), आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोर्ट्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन्।