Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोहोरी गायक बालकुमार श्रेष्ठको आमा भगवानको घरमा (भिडियो सहित)

दोहोरी गायक बालकुमार श्रेष्ठको आमा भगवानको घरमा (भिडियो सहित)

दोहोरी गीत घुम्ती घुम्ती रोड नसुन्ने दर्शक सायद कमै छन्।कतिपयलाई थाह नहुन सक्छ यो गीत शब्द संगीत गर्ने सर्जक को हुन् भनेर। आज सोहि गीतका सर्जकको बिषयमा र उनको नया सृजनाको बिषयमा चर्चा गर्दै छौ।


लोक संगीत् क्षेत्रकै लागि एक अब्बल सर्जक तथा गायक बालकुमार श्रेष्ठले आवाज दिएको उनकै जीवन कहानीमा बनेको गीत "आमा-२" भगवानको घरमा अहिले सांगीतिक बजारमा आएको छ। बालकुमार कलाकारितामा दर्शकहरुले भर्खर चिन्ने बेलामै उनले आमा गुमाए।आज भन्दा ३ बर्ष अगाडी उनकी आमा अस्पतालमै उपचारको क्रममा निधन भएकी थिईन।त्यसपछि बालकुमार कहिल्यै उत्साहित भएर संगीत क्षेत्रमा देखिन सकेका छैनन्।उनको ठुलो सपना थियो कि आमालाई आफु चर्चामा रहंदा आफ्ना सफलता आमालाई साटौ भन्ने त्यो भने उनको अधुरै रहयो। आमाको निधन पछि बालकुमारले आमालाईनै सम्झिएर जब्दै नाम ए आमा बजरमा ल्याएका थिए जुन गीतले उनको जीवननै बदलिदिएको थियो ।

अहिले बालकुमार दोहोरी क्षेत्रमा सबै भन्दा चिनिएका गायक र सर्जकमा देखिन्छन।इनेपाल रोधीघर जस्तो नेपालकै चर्चित कार्यक्रमको उनि संचालक तथा निर्माता समेत हुन्।उनको चर्चा त्यसपछिनै अहिले झन् बढेको हो।आम दर्शक श्रोतको रोजाईमा उनि अहिले देखिएका छन,कलाकारिता बालकुमारको लागि सुरुवाती समयमा रहर थियो अहिले उनको यो निरन्तरतामा बदलिएको छ। उनलाई संगीत क्षेत्रमा प्रवेश गराउने सर्जक तथा गायक बिरही कार्कीसंग उनले झन्डै १ दशक पछि पुन सहकार्य गरेका छन।

आमा-२ उनले बिरही कार्कीसंग पुन सहकार्यको क्रममा बनाएको गीत हो।गीतमा बिरही कार्कीको संगीत रहेको छ भने बालकुमार श्रेष्ठको शब्द रहेको छ।कतिपयले बिरहीकै दुरुस्तै आवाज बालकुमरकै मान्ने गर्छन। आम नेपालीको मन मुटुमा बसेका श्रेष्ठले आफ्नै जीवनमा उक्त गीत लेख्दै गर्दा आमाको पिडा देखि आमाको अभाब सम्मलाई जोड्ने प्रयास गरेका छन।

गरिबीले भोगेको अभाब र आफु केहि हदसम्म सहज जीवन काट्ने बेलामै आमालाई सुख दिन्छु भन्दा खेरिनै आमा साथमा नरहेको कहानी समेत गीतमा जोडेका छन।स्वर्गवास भएकी आमालाईलाई गीतमा सम्झिन खोजेका छन।स्वर्गमा त् सुख छ भन्थे तर किन सपनीमा रुँदै आउँछेउ आमा भन्दै उनले गीतमा समेत प्रश्न गरेका छन। श्रेष्ठले आमाको अभाबलाई अहिले पनि भावुकतामा बदल्छन। आमा गुमेको दिन देखि उनको अनुहारमा अझै खुसि फर्किएको छैन।

हुन् त् बालकुमार गायक भएकै हेर्ने सपना उनको आमाको थियो।ओखलढुंगामा जन्मिएका श्रेष्ठले सुरुवात् देखिनै आमाको कहानीलाई गीतमा जोड्ने प्रयास गरेका थिए।उनको पहिलो गीतनै आमा संग जोडिएको गीत थियो।अहिले पनि उनको पहिलो दशैं गीत कालजयी छ।अहिले बजारमा आएको आमा २ इनेपाल रोधीघरकै युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

गीतमा बिनोद श्रेष्ठ र रमा थपोलियाको प्रमुख भूमिका रहेको छ भने साहायक भूमिकामा सुस्मिता छेत्री र कमल सरगम समेत रहेका छन।संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिष्णु शर्माले गरेका छन।गीत राजन छेत्रीको प्रस्तुतिमा बजारमा आएको हो।यो लोक गीत अहिले संगीत क्षेत्रको खडेरीलाई समेत् पूर्ण आएको महसुस गर्न सकिन्छ।पछिल्लो समय मौलिक लोक गीतको खडेरीनै छ।गीतको सिंगो टिमलाई शुभकामना।