Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै राजनीतिक दलका उम्मेदवारहरूलाई गुल्मीका नेताहरुले दिएको सकरात्मक सन्देश

सबै राजनीतिक दलका उम्मेदवारहरूलाई गुल्मीका नेताहरुले दिएको सकरात्मक सन्देश

गुल्मी । देश निर्वाचनमय बनेको छ । अब कुनै आकस्मिक घटनाहरु नभएको खण्डमा २१ फागुनमा निर्वाचन हुने पक्का देखिएको छ । २१ फागुनको निर्वाचनलाई लिएर माघ ६ गते विभिन्न दलहरुले मनोनयन दर्ता गरिसकेका छन् । मनोनयन दर्ताको दिन गुल्मीमा भने रोचक दृश्य देखिएको छ ।

चुनावी प्रतिस्पर्धामा फरक राजनीतिक दलका उम्मेदवारहरूबीच पनि आपसी सद्भाव र मित्रता कायम हुन सक्छ भन्ने गतिलो सन्देश गुल्मीले दिएको हो । २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नंम्बर २ का उम्मेदवारहरूबीच खुसी साटासाट भएको दृश्यले यतिबेला सबैको ध्यान तानेको छ भने चुनावी माहोललाई सकारात्मक बनाएको छ ।

गुल्मीमा क्षेत्र नंम्बर २ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका गोकर्ण विष्ट र कांग्रेसका तर्फबाट उम्मेदवार भुवनप्रसाद श्रेष्ठले एक आपसमा शुभकामना आदान–प्रदान गर्दै मित्रता कायम रहेको सन्देश दिएका छन् । आआफ्ना पार्टीका नेता तथा कार्यकर्ता सहित निर्वाचन कार्यालय पुगेका विष्ट र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुअघि एक आपसमा अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए।

त्यस्तै, गुल्मी क्षेत्र नं. १ मा पनि नेपाली कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले उम्मेदवारी दर्ता गर्नुअघि सँगै फोटो खिचाएर शुभकामना साटासाट गरेका थिए।