Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

जाजरकोटमा कम्युनिष्टको किल्ला भत्काउछौ : खडक बुढा

जाजरकोटमा कम्युनिष्टको किल्ला भत्काउछौ : खडक बुढा

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडक बहादुर बुढाले जाजरकोटमा कम्युनिष्टको किल्ला भत्काउने दाबी गरेका छन्। बिहीबार जुनीचाँदे गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले लामो समयदेखि निरन्तर कम्युनिष्टहरूले जित्दै आएको जाजरकोटको राजनीतिक किल्ला फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कांग्रेसले भत्काउने दाबी गरे।

उनले जाजरकोट र जुनीचाँदेका समस्या वर्षौंदेखि जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै अबको परिवर्तन नेपाली कांग्रेसबाट मात्रै सम्भव हुने बताए।'कम्युनिष्टहरूले निरन्तर चुनाव जितिरहेका छन् तर जनताको अवस्था बदलिन सकेको छैन,' उनले भने, 'अब कांग्रेसले यहाँको किल्ला भत्काएर वास्तविक परिवर्तन ल्याउनेछ।' आफू कांग्रेसको मात्र नभई साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको उनले दाबी गरे।

साथै, कांग्रेसले गरेका विकास निर्माणका कामलाई कम्युनिष्टहरूले आफ्नै कामजस्तो प्रस्तुत गर्दै भ्रम फैलाइरहेको आरोप लगाए। बुढाले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रहसमेत गरे।