Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

अर्थमन्त्री वाग्लेको निर्देशन: ‘करदातालाई त्रसित होइन, खुसी बनाएर कर उठाउनुहोस्’

अर्थमन्त्री वाग्लेको निर्देशन: ‘करदातालाई त्रसित होइन, खुसी बनाएर कर उठाउनुहोस्’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई सेवामैत्री बनाउँदै करदातालाई सहज वातावरण सिर्जना गरेर राजस्व संकलन गर्न निर्देशन दिएका छन्।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले करदातालाई दबाब दिएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करको दायरा विस्तार गर्न आग्रह गरे।

“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,” भन्दै मन्त्री वाग्लेले कर प्रशासनमा सुधार आएको महसुस हुने गरी काम गर्न निर्देशन दिनुभयो। उहाँले कर तिर्ने नागरिक र व्यवसायीमा डरको वातावरण नभई सहजीकरणको अनुभूति हुनुपर्ने बताए।

मन्त्री वाग्लेले कर प्रशासन सुधारका लागि आवश्यक जनशक्ति, पूर्वाधार र सूचना प्रविधिको कमी भए जानकारी गराउन आग्रह गर्दै उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने स्पष्ट पारे।

उहाँले ‘मिसन १६ खर्ब’ अन्तर्गत आन्तरिक राजस्वको लक्ष्य पूरा गर्न करदाता सचेतना, डिजिटल कारोबार प्रवर्द्धन, छुट योजनाको प्रभावकारी कार्यान्वयन र करदाता प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिए।