Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

६४ वर्षको उमेरमा सर्लाहीको मधुवनी निवासी जनारसी देवी पासवानले पाइन् नेपाली नागरिकता

६४ वर्षको उमेरमा सर्लाहीको मधुवनी निवासी जनारसी देवी पासवानले पाइन् नेपाली नागरिकता

काठमाडौँ । गोडैता नगरपालिका–१२, मधुवनीकी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।

वडाध्यक्ष केशव कुमारको करिब छ महिनाको निरन्तर पहलपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता पाएकी हुन्। नागरिकता नहुँदा उनले लामो समयदेखि प्रशासनिक कामकाज तथा राज्यबाट उपलब्ध सेवा–सुविधा लिन कठिनाइ भोग्दै आएकी थिइन्।

जनारसीका श्रीमानको यसअघि नै निधन भइसकेको छ भने उनका दुई छोरा र एक छोरी छन्। वडाध्यक्ष कुमारका अनुसार आवश्यक कागजात संकलन, सम्बन्धित निकायसँग समन्वय र कानुनी प्रक्रिया पूरा गर्न निरन्तर सहजीकरण गरिएको थियो।

वडाध्यक्षले आफ्नो कार्यकालमा वडाभित्र नागरिकताविहीन नागरिक नरहून् भन्ने लक्ष्यअनुसार समस्या भएका नागरिकलाई सम्बन्धित निकायसम्म पुर्‍याएर सहयोग गर्दै आएको बताएका छन्।

यता, सर्लाहीको पश्चिमी क्षेत्रका धनकौल, रामनगर र बलरा लगायतका स्थानीय तहमा अझै पनि केही ज्येष्ठ नागरिक नागरिकताविहीन अवस्थामा रहेको पाइएको छ।