Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सुतिरहेको ठाउँमा पहिरो खस्दा दोलखामा एक किसान बेपत्ता

सुतिरहेको ठाउँमा पहिरो खस्दा दोलखामा एक किसान बेपत्ता

काठमाडौँ । सुतिरहेको ठाउँमा पहिरो खस्दा दोलखामा एक किसान बेपत्ता भएका छन्। 

गएराति गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका छन्। 

बुधबार बिहान करिब अढाई बजे सिर्पिङ खोला जलविद्युत् आयोजनाको ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ। 

आयोजनाका कर्मचारी बस्ने घरसमेत पहिरोले पूर्ण रूपमा क्षति भएको छ। 

बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी, विपद् तथा मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।