Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दीपक भट्टविरुद्धको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीईओ  रिमाल पक्राउ

दीपक भट्टविरुद्धको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीईओ  रिमाल पक्राउ

काठमाडौं। व्यवसायी दीपक भट्टविरुद्ध चलिरहेको मुद्दाको अनुसन्धानका क्रममा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी प्रमुख अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट रिमाललाई नियन्त्रणमा लिएको हो।

भट्टविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। सोही क्रममा रिमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउपछि रिमाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद थपको प्रक्रिया भइरहेको ब्युरोले जनाएको छ।