Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्व क्रिकेटमा ऐतिहासिक कीर्तिमाननजिक सन्दीप लामिछाने

विश्व क्रिकेटमा ऐतिहासिक कीर्तिमाननजिक सन्दीप लामिछाने

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमाननजिक पुगेका छन् ।

अब एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पाँच खेलमा तीन विकेट हात पार्न सके सन्दीप सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमान कायम गर्ने छन् ।

हाल यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा छ । स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए । 

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीपले २०२३ मा ओमानविरुद्ध १०० विकेट पूरा गरेका थिए । 

सन्दीपले ४२ खेलमा यो उपलब्धी हासिल गर्दै अफगानिस्तानका रसिद खानको नाममा रहेको ४४ खेलको कीर्तिमान तोडेका थिए । 

सन्दीपले ७१ खेलमा १४७ विकेट बनाएका छन् । अब तीन विकेट लिए उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट बलर बन्नेछन् ।