Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

दोहोरी गायक हरि थापाद्वारा आफ्नो बौद्धिक सम्पत्तिमाथि अतिक्रमण भएको आरोप

दोहोरी गायक हरि थापाद्वारा आफ्नो बौद्धिक सम्पत्तिमाथि अतिक्रमण भएको आरोप

काठमाडौँ। दोहोरी गायक हरि थापा ले आफ्नो बौद्धिक सम्पत्तिमाथि अतिक्रमण भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मा निवेदन दर्ता गराएका छन्। लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशील रहेका उनले आफूले सिर्जना गरेको “असारको मैना” बोलको गीतको मौलिकता र मर्यादाविपरीत प्रस्तुति गरिएको आरोप लगाएका हुन्।

थापाका अनुसार, उनको शब्द तथा संगीत रहेको “असारको मैना” नामक गीति सङ्ग्रह २०६० सालमा महाबौद्ध क्यासेट सेन्टर मार्फत अडियो रूपमा सार्वजनिक गरिएको थियो। उक्त गीतमा स्वयंम  हरि थापा, स्वर्गीय इन्दिरा गुरुङ, स्वर्गीय भगवती दंगाल, जित बहादुर तामाङ तथा यादव श्रेष्ठ को स्वर रहेको उल्लेख गरिएको छ। पछि उक्त गीतलाई Music Nepal मार्फत डिजिटल व्यवस्थापन गरिएको पनि उनले बताएका छन्।

हरि थापाले आफ्नो अनुमति बिना विभिन्न समयमा विभिन्न कलाकारहरूले उक्त गीत प्रस्तुत गर्दै आएको र पछिल्लो समय प्रकाश अधिकारीकोपिला छिनाल ले गाएको दोहोरी प्रस्तुति सामाजिक रूपमा अमर्यादित तथा अश्लील शैलीमा प्रस्तुत गरिएको आरोप लगाएका छन्।

उनका अनुसार, उक्त प्रस्तुतिले लोकदोहोरी गीतको मौलिकता, सामाजिक मर्यादा तथा सांस्कृतिक मूल्यमा नकारात्मक असर पुर्‍याएको छ। साथै, गीत प्रस्तुत गर्ने क्रममा भित्री वस्त्र प्रदर्शनसहित अशोभनीय शैली अपनाइएको भन्दै उनले आपत्ति जनाएका छन्। यस विषयमा बौद्धिक सम्पत्तिको संरक्षण, उचित क्षतिपूर्ति तथा सामाजिक र कानुनी कारबाहीको माग गर्दै थापाले प्रतिष्ठानमा निवेदन बुझाएका हुन्। उक्त निवेदन रिता थापा मगर लाई प्रतिष्ठानको कार्यालयमै पुगेर हस्तान्तरण गरिएको जनाइएको छ।