Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा उपासना सिंह अनुबन्ध

मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा उपासना सिंह अनुबन्ध

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेभएको छ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भनेका छन ।

नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुने भएको हो । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक सिनेमा ’अञ्जिला’ ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ। ’अञ्जिला’ ले प्राप्त गरेको सफलता संगै चाम्सलाइ आगामी प्रोजेक्ट उत्कृस्ट बनाउनु पर्ने चुनौती छ। कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृस्ट सिनेमा बन्नेमा चाम्स ढुक्क देखिएका छन्।

चलचित्रका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताएका छन । चाम्स निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मको अन्य कलाकार र टिम छिट्टै फाइनल गरेर शुभमुर्हूत समेत गर्ने निर्देशक चाम्सले बताएका छन । ‘सुम्निमा’ निर्देशक चाम्सको ११ औं फिल्म हुनेछ । ‘वर एण्ड वधु’, ‘वीर विक्रम’, ‘वीर विक्रम २’, ‘बबी’, ‘ब्ल्यान्ड रक्स’, ‘लिलीबिली’ जस्ता फिल्म निर्देशन गरिसकेका उनको करिअरकै सबैभन्दा सफल फिल्म भने ‘अञ्जिला’ हो । यसको कमाइ नेपालमा झन्डै ९ करोड ग्रस छ । यो फिल्मको व्यावसायिक सफलताले उनलाई आगामी प्रोजेक्ट उत्कृष्ट बनाउनुपर्ने चुनौती थपिएको छ ।