Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मोरङमा बालिकामाथि जबरजस्ती करणी आरोपमा पाँच जना पक्राउ

मोरङमा बालिकामाथि जबरजस्ती करणी आरोपमा पाँच जना पक्राउ

काठमाडौँ । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ

प्रहरीका अनुसार साउन ३ गते एक सिटी चालक मोहम्मद अरमानले बालिकालाई प्रलोभन देखाएर रंगेली–३ स्थित युमी क्याफेमा पुर्‍याई जबरजस्ती करणी गरेको आरोप छ। सोही क्रममा क्याफे सञ्चालक सुमन कुमार साहले पनि घटना दोहोर्‍याएको आरोप लागेको छ।

त्यसैगरी, साउन ४ गते राति करण मण्डलले बालिकालाई रंगेली–७ स्थित ‘द नाइन्टीज’ क्याफेमा लगेको र त्यहाँ मण्डलसहित प्रियान्सु साह र रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।