Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनसरी झडपमा मृत्यु हुनेको संख्या दुई पुग्यो

सुनसरी झडपमा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार ओमप्रकाश मेहताको उपचारका क्रममा ज्यान गएको हो।

यससँगै आइतबार राति कप्तानगञ्जमा भएको झडपमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि पनि एक घाइतेको मृत्यु भएको थियो।

दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा नौ जना सर्वसाधारण घाइते भएका थिए। घटनामा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।