Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्थानीय सरकारलाई जनअपेक्षा अनुसार काम गर्न राष्ट्रपतिको आग्रह

स्थानीय सरकारलाई जनअपेक्षा अनुसार काम गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रपछि स्थानीय तहको भूमिका अझ महत्वपूर्ण बनेको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल उद्घाटन कार्यक्रममा उनले जनताको आवश्यकता अनुसार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए ।

उनले शान्ति, सुशासन र विकासमार्फत मात्रै संविधानले तय गरेका उद्देश्य पूरा हुने उल्लेख गर्दै स्थानीय तहलाई जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सकारात्मक उदाहरण भएको पनि उनले बताए ।

राष्ट्रपति पौडेलले कोशी क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटन सम्भावना बोकेको स्थान भएको उल्लेख गर्दै यसको समुचित विकासमा ध्यान दिनुपर्ने धारणा राखे । साथै २०६५ सालको कोशी बाढीपछि पुनःस्थापित बस्तीमा विकास गतिविधि अघि बढेको देख्दा खुशी लागेको भन्दै विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।