काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन जोड्यो। यो स्कोर कीर्तिपुर मैदानमा नेपालले बनाएको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपाल र यूएईले समान ३१० रन बनाएका थिए।
नेपालका लागि डा. इशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले। दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ५९ रन जोडे। कप्तान रोहित पौडेलले ४६ रन बनाए भने आसिफ शेखले ४३ रनको योगदान दिए। यस्तै कुशल भुर्तेलले २९ र गुल्सन झाले १५ रन जोडे।