काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न अनुमति दिएको हो।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले बजेटलाई अन्तिम स्वीकृति दिएको हो।
अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम छ।
संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।